जापानमा थपिए ६२४ कोरोना संक्रमित, चार जनाको मृत्यु

-


     मर्दी न्युज    
     कार्तिक १९ गते २०७७ मा प्रकाशित


सन थापा,
जापान । नोभेम्बर ४
जापानमा बुधबार ४ सय २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जापानभित्र संक्रमित १ लाख ४ हजार ३६ जना र योकोहामास्थित डायमण्ड प्रिन्सेस क्रूजका ७ सय १२ जना गरी कोरोना संक्रमितको संख्या १ लाख ४ हजार ७ सय ४८ जना पुगेको छ ।

त्यसैगरी कोरोना संक्रमणबाट मृत्यु हुने संख्या योकोहामास्थित डायमण्ड प्रिन्सेस क्रूजका १३ जना यात्रु सहित १ हजार ८ सय १२ जना पुगेको छ । आज साईतामा, ह्योगो, मियाजाकी र गिफु प्रान्तमा एक(एक गरी चार जनाको मृत्यु भएको सञ्चार संस्था एनएचकेले जनाएको छ ।

योकोहामास्थित डायमण्ड प्रिन्सेस क्रूजका यात्रु ६ सय ५९ जना सहित जापानमा ९४ हजार ९ सय ५४ जना कोरोना संक्रमित निको भएका छन् ।

एनएचकेका अनुसार संक्रमितमध्ये ६ हजार ७ सय ३७ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ भने १ सय ६५ जनाको अवस्था गम्भीर रहेको छ ।

बढी संक्रमित ११ प्रान्तहरू
राजधानी टोकियोमा संक्रमित संख्या ३१ हजार ६ सय २४, ओसाकामा १३ हजार १ सय ९१, खानागावामा ८ हजार ९ सय ११, आईचीमा ६ हजार ३ सय ६९, साईतामामा ५ हजार ९ सय ८३, फुकुओकामा ५ हजार २ सय ४६जना पुगेको छ ।

त्यसैगरी चिबामा ५ हजार १ सय ३४, होक्काईदोमा ३ हजार ४ सय ४७, ओकिनावामा ३ हजार ४ सय आठ ह्योगोमा ३ हजार ३ सय ६३ र क्योतोमा २ हजार ९० जना पुगेको छ । कुल ४७ प्रान्त मध्ये सबैभन्दा धेरै टोकियोमा १ सय २२ जना र १६ प्रान्तमा संक्रमण दर शून्य रह्यो ।