जितको नजिक पुग्दै बाइडेन

-


     मर्दी न्युज    
     कार्तिक २० गते २०७७ मा प्रकाशित


एजेन्सी । अमेरिकी राष्ट्रपतीय निर्वाचन मतगणनाको पछिल्लो नतिजाअनुसार बाइडेन जितको नजिक पुगेको छ । ५ सय ३८ इलेक्टोरल कलेजको मत रहेकामा अहिलेसम्म जो बाइडनले २ सय ६४ र डोनाल्ड ट्रम्पले २ सय १४ मत प्राप्त गरेका छन् । राष्ट्रपतीय निर्वाचनमा जितको लागि २ सय ७० इलेक्टोरल मत आवश्यक पर्छ ।

नेभादामा बाइडन अग्रस्थानमा छन् । ६ इलेक्टोरल मत रहेको नेभदामा बाइडनको मत ४९.३ प्रतिशत रहेको छ भने ट्रम्पको मत ४८.७ प्रतिशत रहेको छ । यहाँ बाइडनले जितेमा राष्ट्रपति निर्वाचित हुनका लागि आवश्यक पर्ने २७० मत पुग्नेछ ।

त्यसैगरी जर्जियामा पनि बाइडन र ट्रम्पबीच कडा प्रतिस्पर्धा चलिरहेको छ । ९७ प्रतिशत मत गणना भैसकेको यो राज्यमा ट्रम्पको पक्षमा ४९.९ प्रतिशत मत आएको छ भने बाइडनको पक्षमा ४८.९ प्रतिशत मत परेको छ ।

त्यस्तै नर्थ क्यारोलिनामा पनि ट्रम्प अग्रस्थानमा छन । ९४ प्रतिशत मत गणना भएको यो राज्यमा ट्रम्पको पक्षमा ५०.१ प्रतिशत मत आएको छ भने बाइडनको पक्षमा ४८.७ प्रतिशत मत आएको छ ।

त्यसैगरी पेन्सिलभेनियामा पनि वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्प अग्रस्थानमा देखिएका छन । त्यहाँ ८९ प्रतिशत मत गणना भैसकेको र ट्रम्पको पक्षमा ५१.१ प्रतिशत र बाइडनको पक्षमा ४७.७ प्रतिशत मत खसेको सञ्चारमाध्यमले जनाएको छ ।