राष्ट्रपितद्वारा नरवणेलाई नेपाली सेनाको मानार्थ महारथी पदबाट सम्मान

-


     मर्दी न्युज    
     कार्तिक २० गते २०७७ मा प्रकाशित


राष्ट्रपति विद्यादेवी भण्डारीले भारतीय सेनाध्यक्ष मनोज मुकुन्द नरवणेलाई नेपाली सेनाको मानार्थ महारथीको दर्ज्यानी चिन्ह प्रदान गरेकी छन ।

बिहीबार साँझ राष्ट्रपति कार्यालय शितलनिवासमा एक विशेष समारोहकाबीच मानार्थ महारथीको चिन्ह प्रदान गरेकी हुन् । नेपाली सेनाको मानार्थ महारथीको सम्मान पाउने नरवणे भारतीय सेनाका १८औं सेना प्रमुख हुन । योसँगै उनी नेपाली सेनाको मानार्थ महारथी बनेका छन ।

नेपाली सेना र भारतीय सेनाले एकअर्काका प्रमुखलाई मानार्थ महारथीको सम्मान दिने चलन छ । मानार्थ महारथीको दर्जाबाट सम्मानित हुने पहिलो भारतीय सेना प्रमुख के एम करिअप्पा हुन । उनलाई सन् १९५० मा उक्त सम्मान प्रदान गरिएको थियो ।