श्रोत नखुलेको नगद ४० लाख रुपैयाँ सहित एक जना पक्राउ

-


     मर्दी न्युज    
     कार्तिक २१ गते २०७७ मा प्रकाशित


काठमाडौं, २१ कात्तिक । चन्द्रागिरी नगरपालिका-२ नागढुङ्गाबाट श्रोत नखुलेको नगद ४० लाख रुपैयाँ सहित नवलपरासी(पश्चिम) पाल्हीनन्दन गाउँपालिका-२ बस्ने ४० वर्षीय व्यास गुप्तालाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

बुटवलबाट काठमाडौं आउँदै गरेको लु.१ ख ८६५२ नम्बरको यात्रुबाहक बस महानगरीय प्रहरी प्रभाग नागढुङगाबाट खटिएको प्रहरीले जाँच गर्दा बसमा सवार गुप्तालाई झोला र कम्मरपेटीमा लुकाई ल्याएको १ हजार दरका ४ हजार थानमा रहेको उक्त नगद सहित फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।