
अमेरिकाको ४६औं राष्ट्रपतिमा जो बाइडेन निर्वाचित भएका छन्।
अमेरिकी सञ्चार माध्यम सिएनएनले पेन्सिलभेनिया राज्यमा जितेको प्रोजेक्सन गर्दै डेमोक्रेटिक पार्टीका उम्मेदवार बाइडेन निर्वाचित भएको जनाएको हो।
त्यस्तै बीबीसीको अनुसार पनि महत्वपूर्ण मानिएको पेन्सिल्भेनिया राज्यमा वाइडनले जित पारेको बताइएका छन् । बाइडनलाई ह्वाइट हाउसमा पुग्न चाहिने २७० इलेक्टोरल ल कलेज भोटको आंकडा पार भएको छ ।
केही राज्यहरुको परिणाममा अन्तिम चरणमा छ ।
अमेरिकामा राष्ट्रपतीय निर्वाचनबाट ५३८ इलेक्टोरल कलेज प्रतिनिधिहरु छानिन्छन् । अमेरिकामा राष्ट्रपति बन्न २७० इलेक्टोरल भोट आवश्यक पर्छ ।