नेपालमा थप २८१७ जनामा कोरोना संक्रमण, २८१२ जना डिस्चार्ज

-


     मर्दी न्युज    
     कार्तिक २३ गते २०७७ मा प्रकाशित


पोखरा, २३ कात्तिक । पछिल्लो २४ घण्टामा थप २ हजार ८ सय १७ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ९४ हजार ४ सय ५३ पुगेको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए । आइतबारसम्म आइसोलेसनमा ३५ हजार ४ सय १९ जना उपचाररत रहेको छ।

प्रवक्ता गौतमका अनुसार पछिल्लो २४ घण्टामा २ हजार ८ सय १२ जना डिस्चार्ज भएका छन् ।त्यसैगरी हालसम्म एक लाख ५७ हजार ९ सय २६ जना डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुने दर ८१ दशमलव १ प्रतिशत रहेको छ ।

कोरोना संक्रमणबाट गत २४ घण्टामा २१ जनाको निधन भएको मन्त्रालयले जनाएको छ । योसँगै कोरोनाका कारण मृत्यु हुनेको कुल संख्या १ हजार एक सय ८ पुगेको छ ।



Tags: