खुकुरी प्रहार गरी हत्या गरेको अभियोगमा पक्राउ

-


     मर्दी न्युज    
     कार्तिक २३ गते २०७७ मा प्रकाशित


मकवानपुर, २३ कात्तिक । बकैया गाउँपालिका–४ नयाँदमार बस्ने २० वर्षीय विकास वाईवाको कात्तिक २१ गते दिउँसो हत्या गरेको अभियोगमा सोही ठाउँ बस्ने २० वर्षीय शंकर भन्ने भीमराज भोलनलाई शनिवार साँझ प्रहरीले पक्राउ गरेको छ ।

सोही ठाउँ सिमाद खोलाको बगरस्थित फुटबल चौरमा बसेर चुरोट खाइरहेका विकाससँग विवाद हुँदा भिमराजले साथमा बोकेको खुकुरी प्रहार गरी विकासको हत्या गरेका थिए । घटना पश्चात् फरार भीमराजलाई व्यापक रुपमा खोजी गर्ने क्रममा ललितपुर बागमती गाउँपालिका–२ माल्टाका स्थानीयले शंका लागी नियन्त्रणमा लिई खबर गरे पश्चात जिल्ला प्रहरी कार्यालय मकवानपुर, ईलाका प्रहरी कार्यालय ठिंगन र प्रहरी चौकी भट्टेडाँडा ललितपुरबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।

भिमराज उपर कर्तव्य ज्यान सम्बन्धी कसूरमा अनुसन्धान तथा आवश्यक कानुनी कारवाही भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।