जापानमा सक्रिय संक्रमित ११ हजार

-


     मर्दी न्युज    
     कार्तिक २४ गते २०७७ मा प्रकाशित


सन थापा । जापान
नोभेम्बर ९ । जापानमा कोरोना संक्रमित ९कोभिड(१९० सक्रिय संख्या ११ हजार ६ सय ८२ जना रहेका छन् । सोमबारसम्म जम्मा संक्रमितको संख्या १ लाख ९ हजार ९ सय ९५ जना पुगेको छ । जसमध्ये योकोहामास्थित डायमण्ड प्रिन्सेस क्रूजका ७ सय १२ जना हुन् । सोमबार ७ सय ८२ जना कोरोना संक्रमित थपिए ।


त्यसैगरी योकोहामास्थित डायमण्ड प्रिन्सेस क्रूजका यात्रु ६ सय ५९ जना सहित ९८ हजार ३ सय १३ जना कोरोना संक्रमित निको भएका छन् ।

कोरोना संक्रमणबाट मृत्यु हुने संख्या योकोहामास्थित डायमण्ड प्रिन्सेस क्रूजका १३ जना यात्रु सहित १ हजार ८ सय ४९ जना पुगेको छ । आज ओसाका प्रान्तमा चार, ह्योगो र ओकायामा प्रान्तमा दुई/दुई, टोकियो, होक्काईदो, मियागी र आओमोरी प्रान्तमा एक/एक गरी १२ जनाको मृत्यु भएको सञ्चार संस्था एनएचकेले जनाएको छ ।

एनएचकेका अनुसार संक्रमितमध्ये ८ हजार ४ सय ८० जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ भने २ सय चारजनाको अवस्था गम्भीर रहेको छ ।

यी हुन बढी संक्रमित ११ प्रान्तहरू
राजधानी टोकियोमा संक्रमित संख्या ३२ हजार ७ सय ६७, ओसाकामा १३ हजार ८ सय ९४, खानागावामा ९१ हजार ३ सय ७४, आईचीमा ६ हजार ८ सय ८१, साईतामामा ६ हजार २ सय ९३, चिबामा ५ हजार ३ सय ७१, फुकुओकामा ५ हजार २ सय ८४, होक्काईदोमा ४ हजार २ सय २१, ह्योगोमा ३ हजार ५ सय ३८, ओकिनावामा ३ हजार ५ सय ३६ र क्योतोमा २ हजार १ सय ७४ जना पुगेको छ । कुल ४७ प्रान्त मध्ये सबैभन्दा धेरै होक्काईदोमा २ सय र टोकियोमा १ सय ५७ जना थपिए भने अन्य १२ प्रान्तमा संक्रमण दर शून्य रह्यो ।