अवैध लागूऔषध र चितुवाको छालासहित पक्राउ

-


     मर्दी न्युज    
     कार्तिक २६ गते २०७७ मा प्रकाशित


सांकेतिक तस्विर

दाङ, २६ कात्तिक । घोराही उपमहानगरपालिका–८ बनगाउँबाट ३ किलो ७ सय ५० ग्राम अवैध लागूऔषध अफिम र ६ फिट ११ ईन्च लम्बाई भएको १ थान चितुवाको छाला सहित दुईजनालाई मंगलबार बेलुका प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा सोही उपमहानगरपालिका–१२ बस्ने २६ वर्षीय मधु डाँगी र प्युठान नौवहिनी गाउँपालिका–५ बस्ने २७ वर्षीय धनसिंह टमटा रहेका छन् । जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको प्रहरीले उनीहरुलाई उक्त परिमाणको लागूऔषध र छाला सहित फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।