
सरकारले भाइटीकाको भोलिपल्ट मंसिर २ गते पनि सार्वजनिक बिदा दिएको छ । मन्त्रिपरिषदको मंगलबार बसेको बैठकले किजा पूजाको अवसरमा सार्वजनिक बिदा दिइएको गृह मन्त्रालयले जनाएको छ ।
गृह मन्त्रालयले बुधबार विज्ञप्ति जारी गर्दै किजा पूजाको दिन मंसिर २ गते मंगलबार सार्वजनिक बिदा दिने निर्णय भएको जानकारी दिएको छ । किजा पूजा भाइटीकाको भोलिपल्ट हो ।
‘मन्त्रिपरिषद्को कात्तिक २४ गतेको निर्णयअनुसार किजा पूजाको अवसरमा २०७७ मंसिर २ गते मंगलबारका दिन नेपालभर सबै सरकारी कार्यालय, सार्वजनिक निकाय, संघ–संस्था, शिक्षण संस्थाहरू समेतमा सार्वजनिक बिदा दिने निर्णय भएको हुँदा सम्बन्धित सबैको जानकारीको लागि यो विज्ञप्ति प्रकाशित गरिएको छ,’ विज्ञप्तिमा भनिएको छ ।
किजा पूजा नेवार समुदायमा प्रचलनमा रहेको छ ।


