जापानमा १५४२ जना संक्रमित थपिए, १२ जनाको मृत्यु

-


     मर्दी न्युज    
     कार्तिक २६ गते २०७७ मा प्रकाशित


सन थापा ।
जापान, नोभेम्बर ११ । जापानमा बुधबार १ हजार ५ सय ४२ जना कोरोना संक्रमित थपिएका छन् । अगस्ट ८ मा ९१ हजार ५ सय ७१ जना० पछि आज उच्च संख्यामा संक्रमण पुष्टि भएको हो । योकोहामास्थित डायमण्ड प्रिन्सेस क्रूजका ७ सय १२ जना सहित हालसम्म संक्रमितको संख्या १ लाख १२ हजार ८ सय ७६ जना पुगेको छ ।

त्यसैगरी योकोहामास्थित डायमण्ड प्रिन्सेस क्रूजका यात्रु ६ सय ५९ जना सहित ९९ हजार ७ सय ६७ जना कोरोना संक्रमित निको भएका छन् ।

कोरोना संक्रमणबाट मृत्यु हुने संख्या योकोहामास्थित डायमण्ड प्रिन्सेस क्रूजका १३ जना यात्रु सहित १ हजार ८ सय ७६ जना पुगेको छ । आज टोकियो र होक्काईदोमा तीन–तीन, आईचीमा दुई, क्योतो, ह्योगो, ओसाका र खानागावा प्रान्तमा एक–एक गरी १२ जनाको मृत्यु भएको सञ्चार संस्था एनएचकेले जनाएको छ ।

एनएचकेका अनुसार संक्रमितमध्ये ९ हजार १ सय ६२ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ भने २ सय चारजनाको अवस्था गम्भीर रहेको छ । कुल ४७ प्रान्त मध्ये सबैभन्दा धेरै टोकियोमा ३ सय १७, ओसाकामा २ सय ५६, होक्काईदोमा १ सय ९७ र खानागावामा १ सय ३० जना थपिए भने अन्य नौ प्रान्तमा संक्रमण दर शून्य रह्यो ।