नेकपा सचिवालय बैठक भोलि ४ बजे

-


     मर्दी न्युज    
     कार्तिक २७ गते २०७७ मा प्रकाशित


सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक भाेलि शुक्रबार दिउँसो चार बजे बोलाइएको छ ।

महासचिव विष्णु पौडेलले दुई अध्यक्षसँगको परामर्शमा शुक्रबार ४ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने तय गरेको नेकपाकाे विदेश विभागका उपप्रमुख विष्णु रिजालले बताएका छन्।

अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले महासचिव पौडेललाई सचिवालय बैठकको मिति तय गर्ने जिम्मा दिएका थिए । अर्का अध्यक्ष पुष्पकमल दाहालसहित पाँच सचिवालय सदस्यले पटक पटक सचिवालय बैठक बोलाउन माग गरेका थिए ।

पार्टीमा प्रचण्ड–नेपाल पक्षले ओली पार्टी कमिटीमा अल्पमतमा रहेका कारण बैठक राख्न तयार नभएको आरोप लगाउँदै आएका छन् ।