बैतडीमा बस दुर्घटना, ९ जनाको मृत्यु

-


     मर्दी न्युज    
     कार्तिक २८ गते २०७७ मा प्रकाशित


सांकेतिक तस्विर

डोटी । बिहीबार राति बैतडीको पाटन नगरपालिका–८ खोड्पेमा बस दुर्घटना हुँदा नौ जनाको ज्यान गएको छ ।

जिल्ला प्रहरी कार्यालय बैतडीका अनुसार दार्चुलाको गन्नाबाट महेन्द्रनगर आइरहेको ना ५ ख ५१४१ नम्बरको बस राति करिब साढे १० बजेतिर खोड्पे बजार नजिक दुर्घटना भएको हो ।

दुर्घटनामा परि आठ जनाको घटनास्थलमै र एक जनाको उपचारका क्रममा डडेल्धुरा अस्पतालमा ज्यान गएको हो । प्रहरीका अनुसार दुर्घटनामा ३४ जना घाइते भएका छन् । घाइतेहरुको अहिले डडेल्धुरा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

एसएसपी मुकेशकुमार सिंहले घाइतेहरुमध्ये सात जनाको अवस्था गम्भीर रहेको जानकारी दिए । दुर्घटनाको कारण पनि खुल्न बाँकी रहेको उनले बताए ।