सुनिल थापा बने कांग्रेसको सहमहामन्त्री

-


     मर्दी न्युज    
     कार्तिक २८ गते २०७७ मा प्रकाशित


नेपाली कांग्रेसले सुनिलकुमार थापालाई सहमहामन्त्रीमा मनोनित गरेको छ।

शुक्रबार बसेको केन्द्रीय कार्यसमितिको बैठकले राप्रपा परित्याग गरी कांग्रेसमा प्रवेश गरेका थापालाई सहमहामन्त्रीमा मनोनित गरेको हो।

बैठकले राप्रपा परित्याग गरेका रामप्रसाद भट्टराई (मोरङ), विष्णुविक्रम थापा (सिन्धुपाल्चोक), बाबुराम बस्नेत (भोजपुर), बृजलाल यादव (बारा), किरण गिरी (काठमाडौं) लाई केन्द्रीय सदस्यमा समायोजन गर्ने निर्णय गरेको छ । यस्तै टीएन योगी (ललितपुर), दिलिप राई (झापा) आशाराम चौधरी (कैलाली) र राजेशबहादुर सिंह (कपिलवस्तु) लाई आमन्त्रित केन्द्रीय सदस्य मनोनित गर्ने भएको छ ।

गत साउन साउन १३ गते नेता थापासहित राप्रपा केन्द्रीय कार्यसमितिका १६ जना सदस्यसहित ३१ जना कांग्रेस प्रवेश गरेका थिए । पार्टी प्रवेश गरेको झण्डै ४ महिनापछि कांग्रेस थापालाई जिम्मेवारी दिएको हो।