भारत र पाकिस्तानका सेनाबीच भिडन्त

-


     मर्दी न्युज    
     कार्तिक २९ गते २०७७ मा प्रकाशित


एजेन्सी । भारत र पाकिस्तानका सेनाबीच जम्मु–कस्मिरमा भिडन्त भएको छ।

शुक्रबार सीमाको नियन्त्रण रेखा (एलओसी) मा पाकिस्तानी सेनाले गरेको गोलाबारीमा भारततर्फ ५ सुरक्षाकर्मी र ६ सर्वसाधारणको मृत्यु भएको बीबीसी हिन्दीले जनाएको छ ।

त्यस्तै भारतीय सेनाको जवाफी कारबाहीमा पाकिस्तानतर्फ ३ कमान्डरसहित १२ सैनिक मारिएको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेको छ।

दुवै पक्षले एकअर्कालाई युद्धविराम उल्लंघन गरेको आरोप लगाएका छन्।