
कात्तिक २९, शनिबार । तमु सञ्चारकर्मी संघ नेपाल (ATJON), कास्कीको आयोजनामा शुभ दिपावलीको अवसरमा “शुभकामना आदानप्रदान, बधाई तथा रकम हस्तान्तरण कार्यक्रम” तमु धि नेपाल, नयाँ बजारमा शनिबार सम्पन्न भयो ।
कार्यक्रमका प्रमुख अतिथि, संघका संरक्षक, माननीय मीना तमुले तमुको एकताका लागि सबैको उत्तिकै भुमिका रहने कुरा व्यक्त गर्दै समुदायको लागि आफुले सक्दो सहयोग गर्ने प्रतिबद्धता गर्नुभयो । कार्यक्रममा तमु धि नेपालका नव निर्वाचित पदाधिकारीहरुलाइ बधाइ ज्ञापन गरिएको थियो भने फिर्के खोलाको किनारामा रहेको माइला तमुको परिवारको दयनिय अवस्थाको बारेमा मेरो साथी टि भीद्वारा प्रसारित भिडियो देखे पश्चात् संघका सङ्स्थापक सदस्य लोकेन तमुको अनुरोधमा यु के निवासी भेगलाल तमुको पहलमा सङ्कलित सहयोग रकम रु १,८०,०००/- हस्तान्तरण गरिएको थियो ।
साथै तमु धि नेपालको आर्थिक सहयोगमा ATJON कास्कीले तमु सञ्चारकर्मीहरुका लागि स्वास्थ्य सामाग्री (मास्क र स्यानिटाइजर) समेत वितरण गरिएको थियो । तमु धि नेपालका अध्यक्ष हुम तमु, युग तमु लगायतले कार्यक्रममा मन्तव्य राख्नुभएका थिए । संघका अध्यक्ष शान्ती तमुको अध्यक्षतामा सम्पन्न यस कार्यक्रममा संघकै सह-सचिव कन्चन तमुले कार्यक्रम सन्चालन गरेको थियो ।