जापानमा कोरोना संक्रमणबाट मृत्यु हुने संख्या १९ सय नाघ्यो, १४३५ जना संक्रमित थपिए

-


     मर्दी न्युज    
     कार्तिक ३० गते २०७७ मा प्रकाशित


सन थापा, जापान ।
नोभेम्बर १५ । जापानमा कोरोना संक्रमणबाट मृत्यु हुने संख्या योकोहामास्थित डायमण्ड प्रिन्सेस क्रूजका १३ जना यात्रु सहित १ हजार ९ सय आठजना पुगेको छ । आज होक्काईदोमा तीन, ओसाका, क्योतो, सिजुओका र कुमामोतो प्रान्तमा एक–एक गरी सातजनाको मृत्यु भएको छ । आईतबार १ हजार ४ सय ३५ जनामा कोरोना पुष्टि भएको छ । योकोहामास्थित डायमण्ड प्रिन्सेस क्रूजका ७ सय १२ जना सहित हालसम्म संक्रमितको संख्या १ लाख १९ हजार ४ सय १४ जना पुगेको सञ्चार संस्था एनएचकेले जनाएको छ ।

त्यसैगरी योकोहामास्थित डायमण्ड प्रिन्सेस क्रूजका यात्रु ६ सय ५९ जना सहित १ लाख ३ हजार ४ सय ९६ जना कोरोना संक्रमित निको भएका छन् ।

एनएचकेका अनुसार संक्रमितमध्ये ११ हजार ७ सय ५९ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ भने २ सय ४३ जनाको अवस्था गम्भीर रहेको छ । ४७ प्रान्त मध्ये सबैभन्दा धेरै ओसाकामा २ सय ६६, टोकियोमा २ सय ५५, होक्काईदोमा २ सय नौ, र खानागावामा १ सय १४ र आईचीमा १ सय दुई जना थपिए भने अन्य १० प्रान्तमा संक्रमण दर शून्य रह्यो ।

बढी संक्रमित ११ प्रान्तहरू
राजधानी टोकियोमा संक्रमित संख्या ३४ हजार ७ सय ५१, ओसाकामा १५ हजार ४ सय २१, खानागावामा १० हजार १ सय ५४, आईचीमा ७ हजार ७ सय १३, साईतामामा ६ हजार ८ सय १८, चिबामा ५ हजार ७ सय ६६, होक्काईदोमा ५ हजार ४ सय ९४, फुकुओकामा ५ हजार ३ सय ७९, ह्योगोमा ३ हजार ९ सय ७४, ओकिनावामा ३ हजार ७ सय ४१ र क्योतोमा २ हजार २ सय ९६ जना पुगेको छ ।