
सन थापा, जापान ।
नोभेम्बर १७ । जापानमा मंगलबार १ हजार ६ सय ९० जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने १४ जनाको मृत्यु भएको छ । योकोहामास्थित डायमण्ड प्रिन्सेस क्रूजका ७ सय १२ जना सहित हालसम्म संक्रमितको संख्या १ लाख २२ हजार ४८ जना पुगेको सञ्चार संस्था एनएचकेले जनाएको छ ।
त्यसैगरी योकोहामास्थित डायमण्ड प्रिन्सेस क्रूजका यात्रु ६ सय ५९ जना सहित १ लाख ५ हजार २ सय ९६ जना कोरोना संक्रमित निको भएका छन् ।
कोरोना संक्रमणबाट मृत्यु हुने संख्या योकोहामास्थित डायमण्ड प्रिन्सेस क्रूजका १३ जना यात्रु सहित १ हजार ९ सय ३३ जना पुगेको छ । आज टोकियोमा चार, होक्काईदो र ह्योगो दुई–दुई, साईतामा, ओसाका, आईची, खानागावा, क्योतो र फुकुओका प्रान्तमा एक–एक जनाको मृत्यु भएको हो ।
एनएचकेका अनुसार संक्रमितमध्ये १२ हजार ५ सय ५९ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ भने २ सय ७२ जनाको अवस्था गम्भीर रहेको छ । ४७ प्रान्त मध्ये सबैभन्दा धेरै टोकियोमा २ सय ९८, ओसाकामा २ सय ६९, होक्काईदोमा १ सय ९७, आईचीमा १ सय ३८ , खानागावाना १ सय ३३ र ह्योगोःब् १ सय सातजना थपिए भने अन्य चार प्रान्तमा संक्रमण दर शून्य रह्यो ।
बढी संक्रमित ११ प्रान्तहरू
राजधानी टोकियोमा संक्रमित संख्या ३५ हजार २ सय २९, ओसाकामा १५ हजार ७ सय ६३, खानागावामा १० हजार ३ सय ४८, आईचीमा ७ हजार ९ सय १४, साईतामामा ६ हजार ९ सय ९३, चिबामा ५ हजार ९ सय २२, होक्काईदोमा ५ हजार ८ सय ८०, फुकुओकामा ५ हजार ३ सय ९८, ह्योगोमा ४ हजार १ सय २१, ओकिनावामा ३ हजार ७ सय ९२ र क्योतोमा २ हजार ३ सय ५६ जना पुगेको छ ।