
पोखरा, ३ मंसिर । पोखरामा थप १ जना कोरोना संक्रमितको मृत्यु भएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको हो ।
पुतलीबजार नगरपालिका वडा १३ का ४६ वर्षीय पुरुषको उपचारका क्रममा आज बिहान १ बजे मृत्यु भएको हो । उनलाई कात्तिक २५ गते कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो । उनलाई निमोनियाको समस्या रहेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
यससंगै गण्डकी प्रदेशमा कोरोना भाइरस संक्रमणबाट ज्यान गुमाउनेको कुल संख्या १ सय २७ पुगेको छ ।