
काठमाडौं, ३ मंसिर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक बालुवाटारमा शुरुभएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा शुरुभएको आजको बैठकमा दुबै अध्यक्षको उपस्थिति रहेको छ भने सचिवालयका सबै नौ जना सदस्य उपस्थिति रहेको छ ।
प्रधानमन्त्रीको प्रेस सल्लाहकार सूर्य थापाका अनुसार बैठक निर्धारित समय १ बजे नै शुरुभएको छ । बैठकमा सचिवालयका सबै सदस्यहरुको सहभागिता रहेको उनले बताए । गत शुक्रबार बसेको सचिवालय बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले १९ पृष्ठको लामो राजनीतिक प्रतिवेदन पेश गरेका थिए ।
आजको बैठकमा सोही विषयमा छलफल हुने बताइएको छ । त्यसको अतिरिक्त कोभिड १९ ले पारेको समस्या र साधानका विषयमा पनि छलफल हुने जनाइएको छ ।