
सन थापा,
जापान । नोभेम्बर १८
जापानमा बुधबार २ हजार २ सय दुईजनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो संख्या हालसम्मकै सबैभन्दा धेरै हो । योकोहामास्थित डायमण्ड प्रिन्सेस क्रूजका ७ सय १२ जना सहित हालसम्म संक्रमितको संख्या १ लाख २४ हजार २ सय ५६ जना पुगेको सञ्चार संस्था एनएचकेले जनाएको छ ।
त्यसैगरी योकोहामास्थित डायमण्ड प्रिन्सेस क्रूजका यात्रु ६ सय ५९ जना सहित १ लाख ६ हजार ३ सय ५६ जना कोरोना संक्रमित निको भएका छन् ।
कोरोना संक्रमणबाट मृत्यु हुने संख्या योकोहामास्थित डायमण्ड प्रिन्सेस क्रूजका १३ जना यात्रु सहित १ हजार ९ सय ४६ जना पुगेको छ । आज होक्काईदो र साईतामामा तीन–तीन, आईचीमा दुई, ह्योगो, मियागी, ओकिनावा, ओकायामा, यामानासी र हिरोसीमा प्रान्तमा एक–एक जनाको मृत्यु भएको हो ।
एनएचकेका अनुसार संक्रमितमध्ये १२ हजार ९ सय ७८ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ भने २ सय ७६ जनाको अवस्था गम्भीर रहेको छ ।
४७ प्रान्त मध्ये सबैभन्दा धेरै टोकियोमा ४ सय ९३, ओसाकामा २ सय ७३, होक्काईदोमा १ सय ९७, आईचीमा १ सय ३८ , होक्काईदोमा २ सय ३३, खानागावाना २ सय २६, आईचीमा १ सय ४१, साईतामामा २ सय २६ र ह्योगोमा १ सय तीनजना थपिए भने पाँच प्रान्तमा संक्रमण दर शून्य रह्यो ।
बढी संक्रमित ११ प्रान्तहरू
राजधानी टोकियोमा संक्रमित संख्या ३५ हजार ७ सय २२, ओसाकामा १६ हजार ३६, खानागावामा १० हजार ५ सय ७४, आईचीमा ८ हजार ५५, साईतामामा ७ हजार १ सय १९, होक्काईदोमा ६ हजार १ सय १३ , चिबामा ५ हजार ९ सय ८८, फुकुओकामा ५ हजार ४,सय २०, ह्योगोमा ४ हजार २ सय २३, ओकिनावामा ३ हजार ८ सय ३३ र क्योतोमा २ हजार ३ सय ९५ जना पुगेको छ ।

