
पोखरा, ४ मंसिर । पोखरा महानगरपालिकाकी उपप्रमुख मन्जुदेवी गुरुङलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
उपमेयर गुरुङले सामाजिक सञ्जाल फेसबुकमार्फत् आफूलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको जानकारी दिएकी हुन् । गुरुङका अनुसार उनी हाल होम आइसोलेसनमा रहेकी छिन् । उनको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।
‘छिट्टै कोरोना निको भएर नागरिकको सेवामा हाजिर हुने विश्वासका साथ कोरोनासँग लडिरहेकी छु,’ गुरुङले फेसबुकमा लेखेकी छन् ।