
सन थापा,
जापान । नोभेम्बर १९
जापानमा कोरोना संक्रमणको सबै रेकर्ड तोडिदै बिहीबार २ हजार ३ सय ८८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो संख्या हालसम्मकै सबैभन्दा उच्च हो । कोरोना संक्रमणको तेस्रो लहर चल्दै गर्दा २ हजार नाघेको दोस्रो दिन हो । ४७ प्रान्त मध्ये सबैभन्दा धेरै टोकियोमा ५ सय ३५, ओसाकामा ३ सय ३८, होक्काईदोमा २ सय ६७, आईचीमा २ सय १९ , खानागावाना २ सय पाँच, साईतामामा १ सय आठ, ह्योगोमा १ सय ३२ र चिबामा १ सय छ जना थपिए भने छ प्रान्तमा संक्रमण दर शून्य रह्यो ।
योकोहामास्थित डायमण्ड प्रिन्सेस क्रूजका ७ सय १२ जना सहित हालसम्म संक्रमितको संख्या १ लाख २६ हजार ६ सय ४४ जना पुगेको सञ्चार संस्था एनएचकेले जनाएको छ ।
त्यसैगरी योकोहामास्थित डायमण्ड प्रिन्सेस क्रूजका यात्रु ६ सय ५९ जना सहित १ लाख ७ हजार ६ सय १३ जना कोरोना संक्रमित निको भएका छन् ।
कोरोना संक्रमणबाट मृत्यु हुने संख्या योकोहामास्थित डायमण्ड प्रिन्सेस क्रूजका १३ जना यात्रु सहित १ हजार ९ सय ६६ जना पुगेको छ । आज होक्काईदोका मात्र सात जना, ओसाकामा तीन, साईतामामा, आईची, फुकुओका, कुमामोतो, मियागी, ओकिनावा, गुन्मा र ईबाराकी प्रान्तमा एक(एक जनाको मृत्यु भएको हो ।
एनएचकेका अनुसार संक्रमितमध्ये १३ हजार ८ सय ३३ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ भने २ सय ८० जनाको अवस्था गम्भीर रहेको छ ।
बढी संक्रमित ११ प्रान्तहरू
राजधानी टोकियोमा संक्रमित संख्या ३६ हजार २ सय ५६, ओसाकामा १६ हजार ३ सय ७४, खानागावामा १० हजार ७ सय ७९, आईचीमा ८ हजार ५५, साईतामामा ७ हजार २ सय ७४, होक्काईदोमा ६ हजार ३ सय ८०, चिबामा ६ हजार ९४, फुकुओकामा ५ हजार ४,सय ४२, ह्योगोमा ४ हजार ३ सय ५५, ओकिनावामा ३ हजार ८ सय ८७ र क्योतोमा २ हजार ४ सय नौ जना पुगेको छ ।

