वरिष्ठ शल्यचिकित्सक डा मुडभरीको कोरोनाबाट निधन

-


     मर्दी न्युज    
     मंसिर ७ गते २०७७ मा प्रकाशित


काठमाडौँ । वरिष्ठ चिकित्सक डा. ध्रुव मुडभरीको कोभिड–१९ सङ्क्रमणबाट निधन भएको छ ।

पिसीआर पोजेटिभ देखिएपछि होम क्वारेन्टाइनमा रहेका ७७ वर्षीय डा. मुडभरीलाई श्वासप्रश्वासमा समस्या देखिएपछि उपचारका लागि चावहिलस्थित ॐ अस्पताल भर्ना गरिएको थियो ।

त्यहाँ उपचारका क्रममा शनिवार उनको निधन भएको छोरी अनुजा शर्माले जानकारी दिइन्।

राजविराज, भैरहवा, बुटवल, पोखरा र काठमाडौँको वीर अस्पतालमा सरकारी शल्य चिकित्सकका रूपमा झण्डै २५ वर्ष सेवा पुर्याएका डा. मुडभरी ॐ अस्पतालका संस्थापक थिए ।

उनका श्रीमती, दुई छोरी र एक छोरा छन् । स्व. मुडभरीको शनिवारै पशुपतिमा अन्त्येष्टि गरिएको छ ।