
पोखरामा प्याराग्लाइडिङ दुर्घटना हुँदा पाइलटको मृत्यु भएको छ भने उडानमा सँगै रहेकी युवती घाइते भएकी छन्।
सराङकोटबाट दिउँसो उडान भरेको फिस्टेल प्याराग्लाइडिङ कम्पनीको ग्लाइडर दुर्घटना भएको हो । दुर्घटनामा पोखरा महागरपालिका २८ कालिकाका ३८ वर्षीय प्यारापाइलट राजु नेपालीको मृत्यु भएको प्रहरीले जनाएको छ । त्यस्तै ग्लाइडरमा सवार काठमाडौं बुढानीलकन्ठ नगरपालिका–२ की २८ वर्षीया शीला श्रेष्ठ घाइते भएकी छन् ।
दुवैलाई उपचारका लागि सिर्जनाचोकस्थित मेट्रोसिटी अस्पताल पुर्याइएको थियो । अस्पताल लगेपछि पाइलट नेपालीलाई चिकित्सकले मृत घोषण गरेका थिए ।