जापानमा १५२० जना कोरोना संक्रमित थपिए, आठ जनाको मृत्यु

-


     मर्दी न्युज    
     मंसिर ८ गते २०७७ मा प्रकाशित


सन थापा,
जापान । नोभेम्बर २३
जापानमा सोमबार १ हजार ५ सय २० जना कोरोना संक्रमित थपिएका छन् । कोरोना संक्रमणको तेस्रो लहर चल्दै गर्दा छैंटौ दिनपछि २ हजार भन्दा कम संक्रमित भएको हो ।

योकोहामास्थित डायमण्ड प्रिन्सेस क्रूजका ७ सय १२ जना सहित हालसम्म संक्रमितको संख्या १ लाख ३५ हजार ३ सय ४७ जना पुगेको सञ्चार संस्था एनएचकेले जनाएको छ ।

त्यसैगरी योकोहामास्थित डायमण्ड प्रिन्सेस क्रूजका यात्रु ६ सय ५९ जना सहित १ लाख १२ हजार ९ सय २८ जना कोरोना संक्रमित निको भएका छन् ।

कोरोना संक्रमणबाट मृत्यु हुने संख्या योकोहामास्थित डायमण्ड प्रिन्सेस क्रूजका १३ जना यात्रु सहित २ हजार नौजना पुगेको छ । आज होक्काईदो र आईचीमा तीन(तीन, ओसाका र ईवाते प्रान्तमा एक(एक गरी आठजनाको मृत्यु भएको हो ।

संक्रमितमध्ये पछिल्लो समय अस्पताल भर्ना हुनेको संख्या पनि बढेको छ । हाल १७ हजार ८ सय ७८ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ भने ३ सय ३१ जनाको अवस्था गम्भीर रहेको छ ।

४७ प्रान्त मध्ये टोकियोमा ३ सय १४,ओसाकामा २ सय ८१, होक्काईदोमा २ सय छ जना थपिए भने सात प्रान्तमा संक्रमण दर शून्य रह्यो ।

संक्रमित संख्या २ हजार बढी भएका प्रान्तहरू
टोकियोमा ३८ हजार २२, ओसाकामा १७ हजार ९ सय ३०,खानागावामा ११ हजार ४ सय १३, आईचीमा ८ हजार ९ सय २६, साईतामामा ७ हजार ७ सय एक, होक्काईदोमा ७ हजार ३ सय ६९, चिबामा ६ हजार ४ सय ३२, फुकुओकामा ५ हजार ५ सय ५२, ह्योगोमा ४ हजार ८ सय ५२, ओकिनावामा ४ हजार १५ र क्योतोमा २ हजार ५ सय आठजना पुगेको छ ।