
महोत्तरीको बर्दिबास-१४ शुभम् बस्तीबाट बेपत्ता भएकी ६ वर्षीया बालिका बलात्कार गरेर हत्या गरेको आरोपीलाई कडा कारवाहीको माग गर्दै स्थानीय आन्दोलित भएका छन् ।
आक्रोशित स्थानीयले पूर्व–पश्चिम राजगमार्गमा टायर बालेर बन्द गरेका छन् भने बालिका हत्या आरोपमा पक्राउ परेका स्थानीय २५ वर्षीय अरुण कुमार साहको घरमा मंगलबार बिहान स्थानीयले आगो लगाएका छन् ।
बलात्कार आरोपितको घरमा प्रदर्शनकारीले आगजनी गरेका छन्। आगो नियन्त्रण गर्न आएको बर्दिबास नगरपालिकाको दमकललाई बीच बाटोमै उनीहरूले रोकेका छन्।

इलाका प्रहरी कार्यालय बर्दिबासका डीएसपी राजन चापागाईंका अनुसार आइतबार साँझदेखि बस्तीबाटै हराएकी शहिद आलमकी छोरी गुलाब साह खातुनको शव राती बोरामा राखेर फालिएको अवस्थामा भेटिएको थियो।
पक्राउ परेका साहले समेत आफुले बालिकाको हत्या गरेको स्वीकार गरेको प्रहरीले जनाएको छ।