जापानमा १२२८ जनामा कोरोना संक्रमण पुष्टि, १९ जनाको मृत्यु

-


     मर्दी न्युज    
     मंसिर ९ गते २०७७ मा प्रकाशित


सन थापा,
जापान । नोभेम्बर २४
जापानमा मंगलबार १ हजार २ सय २८ जनामा कोरोना संक्रमण पुष्टि भएक़ो छ।

योकोहामास्थित डायमण्ड प्रिन्सेस क्रूजका ७ सय १२ जना सहित हालसम्म संक्रमितको संख्या १ लाख ३६ हजार ५ सय ५८ जना पुगेको सञ्चार संस्था एनएचकेले जनाएको छ ।

त्यसैगरी योकोहामास्थित डायमण्ड प्रिन्सेस क्रूजका यात्रु ६ सय ५९ जना सहित १ लाख १३ हजार ९ सय ९९ जना कोरोना संक्रमित निको भएका छन् ।

कोरोना संक्रमणबाट मृत्यु हुने संख्या योकोहामास्थित डायमण्ड प्रिन्सेस क्रूजका १३ जना यात्रु सहित २ हजार २८ जना पुगेको छ । आज होक्काईदोमा छ, ओसाकामा चार, खानागावामा तीन, साईतामामा तीन, क्योतो, आईची, फुकुओका र आकिता प्रान्तमा एक-एक गरी १९ जनाको मृत्यु भएको हो ।

संक्रमितमध्ये पछिल्लो समय अस्पताल भर्ना हुनेको संख्या पनि बढेको छ । हाल १८ हजार ३ सय ९२ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ भने ३ सय ४५ जनाको अवस्था गम्भीर रहेको छ ।

४७ प्रान्त मध्ये ओसाकामा २ सय १०, टोकियोमा १ सय ८६, होक्काईदोमा २ सय १६, आईचीमा १ सय १० जना थपिए भने सात प्रान्तमा संक्रमण दर शून्य रह्यो ।

संक्रमित संख्या २ हजार बढी भएका प्रान्तहरू
टोकियोमा ३८ हजार १ सय ९७, ओसाकामा १८ हजार १ सय ४०, खानागावामा ११ हजार ४ सय ७९, आईचीमा ९ हजार ३६, साईतामामा ७ हजार ७ सय ४१, होक्काईदोमा ७ हजार ५ सय ८५, चिबामा ६ हजार ४ सय ८४, फुकुओकामा ५ हजार ५ सय ६३, ह्योगोमा ४ हजार ९ सय २९, ओकिनावामा ४ हजार ३१ र क्योतोमा २ हजार ५ सय २१ जना पुगेको छ ।