
तस्विर सौजन्यः नेपाली सेना
नेपाली सेनाको व्यवस्थापनमा निर्माणाधीन काठमाडौं –तराई (मधेश) फास्ट ट्र्याक सडक खण्डको खन्ने र पुर्ने काम ८८ प्रतिशत सकिएको छ। सेनाद्वारा जारी विज्ञप्तिअनुसार हाल सुरुङ र पुलबाहेक सडक खण्डको कालोपत्रे पूर्वको अधिकांश काम सकिएको हो।
सेनाका अनुसार सुरुङ मार्गको ठेक्का बन्दोबस्त सम्बन्धी कार्य भइरहेको छ । पुल निर्माणका लागि राष्ट्रिय परामर्शदाता छनौट प्रक्रिया अन्तिम चरणमा पुगेको सेनाले जनाएको छ। कोरोना भाइरस प्रकोपबीच पनि आयोजनाका काम नरोकिएको सेनाको दावी छ।
हालसम्म द्रुतमार्गमा १६ अर्ब ६६ करोड रुपैयाँ खर्च भइसकेको छ भने १६ प्रतिशत निर्माण कार्य सकिएको छ ।




