हिन्दु राष्ट्र पुनःस्थापनाको माग गर्दै पोखरामा निकालिएको र्‍याली (तस्विरसहित)

-


     मर्दी न्युज    
     मंसिर १० गते २०७७ मा प्रकाशित


राजा आउ देश बचाउ र हिन्दु राष्ट्र पुनःस्थापनाको माग सहित पोखरामा र्‍याली निकालिएको छ । राजतन्त्रको विकल्प नभएको भन्दै आज बुधवार राजावादीहरुले पोखरामा राष्ट्रिय झण्डासहित र्‍यालीको आयोजना गरेको हो ।

गणतन्त्रको विरोध तथा राजसंस्थाको समर्थन गर्दै आयोजना गरिएको उक्त र्‍याली अमरसिंहचोकबाट शुरु भइ पोखराको पृथ्वीचोक, मुस्ताङचोक, लेकसाइड, हल्लनचोक, जिरोकिलोमिटर, सभागृहचोक हुँदै मानवअधिकार चोक पुगेर कोण सभामा परिणत भएका थिए ।

र्‍यालीमा युवायुवती, महिला, पुरुष लगायत वृद्ध व्यक्तिको पनि सहभागिता रहेको थियो । सहभागीहरुले राजतन्त्र जिन्दावाद, अखण्ड नेपाल जिन्दावाद, गणतन्त्र मुर्दावाद, राजसंस्थाको विकल्प छैन, राजा आउ देश बचाउ, नेपाली जनता जागौ, राजा ल्याऔं देश र धर्मको रक्षा गरौं भन्दै नारा लगाएका थिए । मोटरसाइकल तथा कार र्‍यालीमा कास्कीसहित छिमेकी जिल्लाबाट आएका समर्थकहरुको सहभागीता रहेको थियो ।

तस्विरहरु: