काठमाडौं आइपुगे भारतीय विदेशसचिव हर्षवर्द्धन श्रृंगला

-


     मर्दी न्युज    
     मंसिर ११ गते २०७७ मा प्रकाशित


काठमाडौं । भारतीय विदेशसचिव हर्षवर्द्धन श्रृंगला दुई दिने नेपाल भ्रमणका लागि काठमाडौं आइपुगेका छन् ।

विदेश सचिव श्रृंगला इन्डियन एयर फोर्सको विमानबाट बिहीबार बिहान १०.४० मा त्रिभुवन विमानस्थलमा उत्रिएका हुन्। परराष्ट्र सचिव भरतराज पौडेलको निमन्त्रणमा नेपाल आएका हुन्।

श्रृंगलाले दुई दिन काठमाडौंमा रहँदा आफ्ना समकक्षी  पौडेलसँग द्विपक्षीय वार्ता गर्ने  कार्यक्रम रहेकाे छ ।

उनले आजै राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवालीलगायतलाई भेट्ने कार्यक्रम छ । शुक्रबार ज्यापु समाजको भवन उदघाटन र गोर्खाको एक गुम्बा उदघाटन कार्यक्रममा सहभागी भएर उनी स्वदेश फर्किने छन् ।