भारतीय विदेश सचिवले भेटे प्रधानमन्त्रीलाई

-


     मर्दी न्युज    
     मंसिर ११ गते २०७७ मा प्रकाशित


नेपालको दुईदिने भ्रमणमा आएका भारतका विदेशसचिव हर्षबर्धन श्रृंगलाले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन् ।

‘भारतका विदेशसचिव हर्षवर्धन श्रृंगलाले प्रधानमन्त्री केपी शर्मा ओलीसँग आज (बिहीबार) साँझ प्रधानमन्त्री निवास बालुवाटारमा शिष्टाचार भेट गर्नुभएको छ,’ प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बताएका छन्।

बिहीबार बिहान चार्टर्ड जहाजमा काठमाडौं आएका श्रींगलाले राजनीतिक भेटवार्ता सुरू गर्नुअघि परराष्ट्र सचिव भरतराज पौडेल नेतृत्वको टोलीसँग ‌बैठक गरेका थिए । प्रधानमन्त्रीलाई भेट गर्नुअघि उनले परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीसँग पनि भेट गरेका थिए।

उक्त बैठकमा दुई पक्षीय सहयोग र सहकार्यका धेरै विषयमा निकै फलदायी र उपयोगी छलफल भएको श्रींगलाले बताए।

विदेश सचिव श्रींगला शुक्रबार गोरखा र मनाङ जाने कार्यक्रम छ भने उनले भोलि नै नेपाल-भारत सम्बन्धबारे सम्बोधन पनि गर्नेछन्।