गण्डकी प्रदेशमा आज १३३ जना कोरोना संक्रमित थपिए

-


     मर्दी न्युज    
     मंसिर १२ गते २०७७ मा प्रकाशित


पोखरा, ११ मंसिर । गण्डकी प्रदेशमा थप १३३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । शुक्रवार प्रदेशका ९ जिल्लामा १३३ संक्रमित थपिएको प्रदेश स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।

थपिनेमध्ये कास्कीका ६९ जना छन् । स्याङ्जामा १९ जना संक्रमित थपिएका छन् भने बागलुङमा १० जना संक्रमित थपिएका छन् । यसैगरी गोरखा र नवलपरासीमा ९÷९ जना थपिएका छन् भने पर्वतमा ८ जना, तनहुँमा ६, लमजुङमा २ जना र म्याग्दीमा १ जना संक्रमित थपिएका छन् ।

यससँगै गण्डकीमा कुल कोरोना संक्रमितको संख्या ११ हजार ६ सय ८६ पुगेको छ । तीमध्ये ६ हजार ८ सय ५९ जना निको भएका छन् ।

यसैगरी गण्डकी प्रदेशमा थप ४ कोरोना संक्रमितको मृत्यु भएको छ । योसहित गण्डकीमा मृतक संख्या १ सय ४८ को पुगेको छ ।