
एजेन्सी । भारतीय सेनामा कार्यरत एक नेपाली युवाको जम्बु–कश्मीरमा भएको गोली हानाहानमा मृत्यु भएको छ।
पाकिस्तानतर्फबाट चलेको गोली लागेर भारतीय सेनामा कार्यरत नेपाली युवक नायक प्रेमबहादुर खत्री र भारतीय सैनिक राइफल्यान सुखवीर सिंहको शुक्रबार मृत्यु भएको भारतीय सेनाले जनाएको छ ।
खत्री दाङको तुलसीपुर उपमहानगरपालिका–९ बेलुवा निवासी हुन् । १३ वर्षदेखि भारतीय सेनामा कार्यरत खत्रीका श्रीमती, सात वर्षीय छोरी र पाँच वर्षीय छोरा छन् । प्रेमबहादुरको शव लिन उनका बुवा लालबहादुर शुक्रबारै लखनउतर्फ लागेका छन्।
गत असारमा जम्मु–कश्मीरमै भारतीय सेनामा कार्यरत नेपालीहरू सम्बुर गुरुङ र दीपक कार्कीको तथा २०७६ कात्तिकमा गामिलकुमार श्रेष्ठको ज्यान गएको थियो ।

