नेकपा सचिवालय बैठक सुरु

-


     मर्दी न्युज    
     मंसिर १३ गते २०७७ मा प्रकाशित


काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक बालुवाटरमा शुरु भएको छ ।

बालुवाटरमा सचिवालय बैठक सुरु भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिएका छन् । आजको सचिवालय बैठकमा पार्टीभित्रको विद्यमान विवाद समाधानमा केन्द्रित हुने बताइएको छ ।

पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी तथा सरकार एकलौटी ढंगले सञ्चालन गरेको भन्दै अर्का अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डले एकल प्रस्ताव पेस गरेपछि नेकपाभित्रको विवाद उत्कर्षमा पुगेको छ ।

आजको बैठकमा प्रचण्डको प्रस्तावको जवाफसहितको प्रतिवेदन अध्यक्ष ओलीले पेश गर्नेछन् । यसकै लागि मंसिर ३ गतेबाट आजसम्मका लागि बैठक सारिएको थियो ।