नेकपा सचिवालय अर्को बैठक १६ गते बस्ने

-


     मर्दी न्युज    
     मंसिर १३ गते २०७७ मा प्रकाशित


सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक पुनः १६ गते बस्ने गरी सकिएको छ ।

शनिवारको सचिवालय बैठकमा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले लिखित जवाफ पेस गरेपछि दुवै अध्यक्षका प्रस्तावको अध्ययन गरी मंसिर १६ गते १ बजे पार्टी कार्यालय धुमवाराहीमा बस्ने गरी अर्को बैठक बोलाइएको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए ।

प्रधानमन्त्री ओलीले पेस गरेको प्रस्ताव सबै सचिवालय सदस्यलाई अध्ययनका लागि वितरण गरिएको पनि प्रवक्ता श्रेष्ठले बताए । दुवै अध्यक्षका प्रस्तावमाथि मंसिर १६ गते सचिवालय बैठकमा छलफल हुने श्रेष्ठले बताए ।