
काठमाडौं । नेकपा सचिवालयको आज बसेको बैठकमा अध्यक्ष केपी शर्मा ओलीले लिखित प्रतिवेदन पेश गरेका छन् ।
५३ बुँदे प्रतिवेदनमा ओलीले विचार, विधि, सङ्गठन र नेतृत्वको प्रश्नको समाधान महाधिवेशनबाट खोज्न आग्रह गरेका छन् । उक्त प्रस्तावमाथि अध्ययन गरेपछि मंसिर १६ गते दिउँसो एक बजे बस्ने सचिवालय बैठकमा छलफल हुने भएको छ ।
अर्का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कात्तिक २८ कै सचिवालय बैठकमा छुट्टै प्रस्ताव पेस गरेका छन् । दुवै प्रस्तावको अध्ययन गरेर अर्को बैठक मंसिर १६ मा बस्नेगरी सचिवालय बैठक तोकिएको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए।
हेर्नुस् ओलीको जवाफको पूर्णपाठ –

