
सन थापा,
जापान । नोभेम्बर ३०
जापानमा कोरोना संक्रमितको सक्रिय संख्या २५ हजार ६ सय १० पुगेको छ । संक्रमितमध्ये २० हजार ९ सय १४ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ भने ४ सय ७२ जनाको अवस्था गम्भीर रहेको सञ्चार संस्था एनएचकेले जनाएको छ । सोमबार १ हजार ४ सय ३९ जना कोरोना संक्रमित थपिएका छन् ।
हालसम्म संक्रमितको संख्या योकोहामास्थित डायमण्ड प्रिन्सेस क्रूजका ७ सय १२ जना सहित १ लाख ४९ हजार ७ सय १४ जना पुगेको छ ।
त्यसैगरी कोरोना संक्रमणबाट मृत्यु हुने संख्या योकोहामास्थित डायमण्ड प्रिन्सेस क्रूजका १३ जना यात्रु सहित २ हजार १ सय ६५ जना पुगेको छ । सबैभन्दा धेरै होक्काईदोमा पाँच, ओसाकामा चार, आईचीमा तीन, क्योतो, साईतामा, खानागावामा दुईरदुई, टोकियो, ह्योगो, चिबा, नारा,फुकुओका, सिजुओका, यामानासी र गुन्मा प्रान्तमा एकरएक गरी २६ जनाको मृत्यु भएको हो ।
यस अवधिमा योकोहामास्थित डायमण्ड प्रिन्सेस क्रूजका यात्रु ६ सय ५९ जना सहित १ लाख २४ हजार १ सय चार जना कोरोना संक्रमित निको भएका छन् ।
४७ प्रान्त मध्ये छ प्रान्तमा मात्र संक्रमण शून्य रह्यो भने सबैभन्दा धेरै टोकियोमा ३ सय ११, ओसाकामा २ सय ६२, आईचीमा १ सय आठ जना थपिए ।