सवारी दुर्घटना हुँदा चालकको मृत्यु

-


     मर्दी न्युज    
     मंसिर १६ गते २०७७ मा प्रकाशित


भक्तपुर । मध्यपुरथिमि नगरपालिका–४ सानोठिमी एसओएस चोकमा सोमबार मध्यराति स्कुटर दुर्घटना हुँदा मध्यपुरथिमि राधेराधे चोक बस्ने चालक २९ वर्षीय राजु तामाङको मृत्यु भएको छ ।

सानोठिमीबाट काठमाडौंतर्फ जाँदै गरेको वा ७३ प ३८२ नम्बरको स्कुटर अनियन्त्रित भई पल्टिँदा घाइते भएका तामाङको उपचारका लागि नर्भिक अस्पताल थापाथली लैजाँदै गर्दा मृत्यु भएको प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिएका छन् । रासस