
काठमाडौं । रौतहटको राजपुर बमकाण्डका आरोपित नेपाली कांग्रेसका सांसद एवं पूर्वमन्त्री मोहमद अफताब आलमका भाइ महताफ पक्राउ परेका छन् ।
प्रहरी स्रोतका अनुसार आलमलाई भारतीय प्रहरीसँगको समन्वयमा भारतको मोतिहारी जिल्लाबाट पक्राउ गरिएको हो। अहिले उनलाई रौतहट ल्याइँदै गरेको प्रहरी स्रोतले बताइएको छ। संसद आलम पक्राउ परेपछि महताफ फरार थिए।
२७ चैत २०६४ मा आलमका काका शेख इद्रिसको घरमा विष्फोट भएको थियो। बिस्फोटनमा घाइते भएका २४ वर्षीय त्रिलोकप्रताप सिंह र २२ वर्षीय ओसी अक्तर मियालाई घाइते अवस्थामा जिउँदै इटाभट्टामा जलाएको आरोप छ।
मुख्य आरोपी भनिएका संसद अफताव आलम २०७६ असोज २६ मा पक्राउ परेका थिए।
संसद आलम हाल कारागारमा छन्। ११ आरोपीमध्ये ५ जना पक्राउ परिसकेका छन्।

