जापानमा हालसम्मकै उच्च संक्रमण २८१० जना थपिए, ४१ जनाको मृत्यु

-


     मर्दी न्युज    
     मंसिर २५ गते २०७७ मा प्रकाशित


सन थापा, जापान । जापानमा बुधबार २ हजार ८ सय १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो हालसम्मकै उच्च संक्रमण संख्या हो । यसअघि अक्टोवर २८ मा २ हजार ६ सय ७८ जना संक्रमित भएका थिए । संक्रमितको संख्या योकोहामास्थित डायमण्ड प्रिन्सेस क्रूजका ७ सय १२ जना सहित १ लाख ७० हजार १ सय ५७ जना पुगेको छ । डिसेम्बर ७ मा ३६ हजार ३ सय ११ जनाको पीसीआर परीक्षण गरिएको थियो ।
त्यसैगरी कोरोना संक्रमणबाट होक्काईदोमा १६, ओसाकामा नौ, साईतामा र टोकियोमा पाँच/पाँच, खानागावा, ओकिनावामा, मियागी, तोचिगी, एहिमे, ह्योगो, र गिफु प्रान्तमा एक/एक गरी ४१ जनाको मृत्यु भएको सञ्चार संस्था एनएचकेले जनाएको छ । हालसम्म योकोहामास्थित डायमण्ड प्रिन्सेस क्रूजका १३ जना यात्रु सहित २ हजार ४ सय ९१ जनाको मृत्यु भएको छ ।
संक्रमितमध्ये २२ हजार ४ सय १२ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ भने ५ सय ५५ जनाको अवस्था गम्भीर रहेको छ । ओसाकामा बिरामीमध्ये ७० प्रतिशत गम्भीर रहेको जनाईएको छ ।

यस अवधिमा योकोहामास्थित डायमण्ड प्रिन्सेस क्रूजका यात्रु ६ सय ५९ जना सहित १ लाख ४१ हजार २ सय ८१ जना कोरोना संक्रमित निको भएका छन् ।

४७ प्रान्त मध्ये चार प्रान्तमा मात्र संक्रमण शून्य रह्यो भने सबैभन्दा धेरै टोकियोमा ५ सय ७२, ओसाकामा ४ सय २७, होक्काईदोमा १ सय ९७, आईचीमा र खानागावामा २ सय ४५, ह्योगो १ सय ५८ र साईतामा १ सय ४५ जना थपिए ।

३ हजार बढी संक्रमित संख्या भएका प्रान्तहरू

टोकियोमा ४४ हजार ९ सय २७, ओसाकामा २३ हजार ४ सय २०, खानागावामा १४ हजार ९९,आईचीमा ११ हजार ८ सय ९५, होक्काईदोमा १० हजार ५ सय ६४, साईतामामा ९ हजार ७ सय २५, चिबामा ७ हजार ६ सय ७७, ह्योगोमा ६ हजार ८ सय ५०, फुकुओकामा ६ हजार २ सय ६४, ओकिनावामा ४ हजार ६ सय ५६ र क्योतोमा ३ हजार २२ जना पुगेको छ ।