
सन थापा,
जापान । जापानमा शुक्रबार २ हजार ७ सय ९६ जना कोरोना संक्रमण थपिएका छन् । हालसम्म योकोहामास्थित डायमण्ड प्रिन्सेस क्रूजका ७ सय १२ जना सहित १ लाख ७५ हजार ९ सय १९ जना संक्रमण पुगेको छ । डिसेम्बर ९ मा ३५ हजार ७ सय ७४ जनाको पीसीआर परीक्षण गरिएको थियो ।
त्यसैगरी कोरोना संक्रमणबाट होक्काईदोमा १०, ओसाकामा सात, टोकियोमा पाँच, ह्योगो र गिफुमा तीन/तीन, आईची, साईतामा, खानागावा र चिबामा दुई/दुई, क्योतो, एहिमे, मिए, सिजुओका र ईबाराकी प्रान्तमा एक/एक गरी ४१ जनाको मृत्यु भएको सञ्चार संस्था एनएचकेले जनाएको छ । हालसम्म योकोहामास्थित डायमण्ड प्रिन्सेस क्रूजका १३ जना यात्रु सहित २ हजार ५ सय ६७ जनाको मृत्यु भएको छ ।
संक्रमितमध्ये २३ हजार ६ सय ४६ हजनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ भने ५ सय ५४ जनाको अवस्था गम्भीर रहेको छ ।
यस अवधिमा योकोहामास्थित डायमण्ड प्रिन्सेस क्रूजका यात्रु ६ सय ५९ जना सहित १ लाख ४५ हजार ६ सय ७३ जना कोरोना संक्रमित निको भएका छन् ।
४७ प्रान्त मध्ये छ प्रान्तमा मात्र संक्रमण शून्य रह्यो भने टोकियोमा ५ सय ९५, ओसाकामा ३ सय ५७, खानागावामा २ सय ८५, आईचीमा १ सय ९६, साईतामा १ सय ८५, होक्काईदोमा १ सय ७७, फुकुओकामा १ सय २२, चिबामा १ सय १७, हिरोसीमाना १ सय १० जना थपिए ।
३ हजार बढी संक्रमित संख्या भएका प्रान्तहरू
टोकियोमा ४६ हजार १ सय २४,ओसाकामा २४ हजार १ सय ९२, खानागावामा १४ हजार ५ सय ९८,आईचीमा १२ हजार ३ सय ३३, होक्काईदोमा १० हजार ९ सय ८२, साईतामामा १० हजार ९८, चिबामा ७ हजार ९ सय ४३, ह्योगोमा ७ हजार ९२, फुकुओकामा ६ हजार ४ सय ६५, ओकिनावामा ४ हजार ७ सय ३५ र क्योतोमा ३ हजार १ सय ३३ जना पुगेको छ ।