अध्यादेशविरुद्ध सर्वोच्च अदालतमा रिट

-


     मर्दी न्युज    
     मंसिर ३० गते २०७७ मा प्रकाशित


काठमाडौं, १ पुस । सरकारले ल्याएको संवैधानिक परिषद्सम्बन्धी अध्यादेशविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरिएको छ।

अध्यादेश संविधानसँग बाझिएको दाबी गर्दै त्यसलाई बदरको माग राखी अधिवक्ता ओमप्रकाश अर्यालले रिट सर्वोच्च अदालतमा रिट दायर गरेका हुन्।

रिटमा प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयलाई विपक्षी बनाइएको छ।

राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको सिफारिसमा मंगलबार अध्यादेश जारी गरेकी हुन्। त्यसलगत्तै साँझ ५ बजे संवैधानिक परिषद् बैठक बसेको थियो ।