२२औं पोखरा सडक महोत्सव पुस १५ गतेदेखि हुने

-


     मर्दी न्युज    
     पुस १ गते २०७७ मा प्रकाशित


पोखरा, १ पुस । कोरोना महामारीबीच रेस्टुरेन्ट एण्ड बार एसोसिएसन (रेबान) पोखराले २२ औं सडक महोत्सव गर्ने भएको छ ।

बुधबार रेवानले पोखरालाई ‘अंग्रेजी नयाँ वर्षको गन्तव्यस्थल’ को रुपमा प्रवद्र्धन गर्ने उद्देश्यसहित पुस १५ देखि १७ ‘२२ औं पोखरा सडक महोत्सव २०२०÷२१’ आयोजना गर्न लागेको पत्रकार सम्मेलनमार्फत दिइएको छ।

कोभिड–१९ का कारण स्वास्थ्य मापदण्ड सुरक्षा सतर्कता अपनाउने र विगतका वर्षहरुमा भन्दा अलि फरक किसिमले गरिने रेबान पोखराका अध्यक्ष लक्ष्मण बरालले बताए ।

कार्यक्रमलाई भब्यतापुर्वक सम्पन्न गर्नको लागि विभिन्न उप समितिहरु समेत गठन गरिएको संयोजक बसन्त गौतमले जानकारी दिए । विगतका वर्ष जस्तो यस वर्ष सडक महोत्सव ५ दिन नभई ३ दिन हुने भएको छ ।

प्रेस विज्ञप्तिको पुर्णपाठसहितः