प्रचण्डसँग भेटवार्तापछि ओलीले स्थगित गरे संवैधानिक परिषद्को बैठक

-


     मर्दी न्युज    
     पुस २ गते २०७७ मा प्रकाशित


काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का दुईजना अध्यक्षबीचको छलफलपछि बेलुका साढे ५ बजे बोलाइएको संवैधानिक परिषद बैठक स्थगित भएको छ ।

बालुवाटारमा प्रधानमन्‍त्री केपी ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीचको छलफलपछि बैठक स्थगित भएको हो।

संवैधानिक परिषद्सम्बन्धी जारी भएको अध्यादेश फिर्ता लिने सहमति भएको अवस्थामा नयाँ अध्यादेशअनुसार नै बैठक बोलाउनु उपयुक्त नभएको भन्दै कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बैठक स्थगित गर्न आग्रह गरेपछि बैठक स्थगित भएको हो। बेलुका ६ बजे भने मन्त्रिपरिषद् बैठक बोलाइएको छ ।