
सन थापा,
जापान । डिसेम्बर १७
जापानमा कोरोना संक्रमण अहिलेसम्मकै उच्च रेकर्ड कायम भएको छ । बिहीबार ३ हजार २ सय ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पाँचदिनअघि डिसेम्बर १२ मा ३ हजार ३९ जना संक्रमित भएका थिए ।
योकोहामास्थित डायमण्ड प्रिन्सेस क्रूजका ७ सय १२ जना सहित संक्रमित संख्या १ लाख ९१ हजार ६ सय ४७ जना पुगेको सञ्चार संस्था एनएचकेले जनाएको छ। मंगलबार ३९ हजार १ सय ९७ जनाको पीसीआर परिक्षण गरिएको थियो ।
त्यसैगरी योकोहामास्थित डायमण्ड प्रिन्सेस क्रूजका १३ जना यात्रु सहित मृत्यु हुने संख्या २ हजार ८ सय छ जना पुगेको छ ।
आज र ओसाकामा १२, होक्काईदोमा छ, ह्योगो,साईतामा, सिजुओकामा तीनरतीन, चिबा, आईची र ईबाराकीमा दुईरदुई, मिए, कोची, खानागावा, यामागाता र हिरोसिमा प्रान्तमा एकरएक गरी ३८ जनाको मृत्यु भएको छ ।
संक्रमितमध्ये २५ हजार २ सय ८७ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ भने ६ सय पाँच जनाको अवस्था गम्भीर रहेको छ ।
यस अवधिमा योकोहामास्थित डायमण्ड प्रिन्सेस क्रूजका यात्रु ६ सय ५९ जना सहित १ लाख ५८ हजार ९ सय ४६ जना कोरोना संक्रमित निको भएका छन् ।
४७ प्रान्त मध्ये चार प्रान्तमा मात्र संक्रमण शून्य रह्यो भने राजधानी टोकियोमा हालसम्मकै उच्च ८ सय २२ जना संक्रमित थपिए । त्यस्तै ओसाकामा ३ सय ५१, खानागावामा ३ सय १९, आईचीमा २ सय ३८,साईतामा १ सय ९६, होक्काईदोमा १ सय ३९, फुकुओकामा १ सय आठ, ह्योगो १ सय ६४, चिबा १ सय ४८ र हिरोसिमामा १ सय ३८ जना थपिए ।
बढी संक्रमित संख्या भएका प्रान्तहरू
संक्रमित संख्या ४९ हजार ४ सय ९०,ओसाकामा २६ हजार १ सय ६७,खानागावामा १६ हजार दुई,आईचीमा १३ हजार ५ सय ३६, होक्काईदोमा ११ हजार ७ सय ८९, साईतामामा ११ हजार ८६,चिबामा ८ हजार ६ सय ४४, ह्योगोमा ७ हजार ८ सय ४६, फुकुओकामा ६ हजार ९ सय ९८, ओकिनावामा ४ हजार ८ सय ९८ र क्योतोमा ३ हजार ५ सय ५९ लजना पुगेको छ ।

