जापानमा शुक्रबार २८२९ जना संक्रमित, टोकियोमा ५० हजार नाघ्यो

-


     मर्दी न्युज    
     पुस २ गते २०७७ मा प्रकाशित


सन थापा,
जापान । डिसेम्बर १८
जापानमा शुक्रबार २ हजार ८ सय २१ जना कोरोना संक्रमित थपिएका छन् ।
योकोहामास्थित डायमण्ड प्रिन्सेस क्रूजका ७ सय १२ जना सहित संक्रमित संख्या १ लाख ९४ हजार ४ सय ६९ जना पुगेको सञ्चार संस्था एनएचकेले जनाएको छ। बुधबार ३८ हजार ७ सय ५८ जनाको पीसीआर परिक्षण गरिएको थियो ।

त्यसैगरी योकोहामास्थित डायमण्ड प्रिन्सेस क्रूजका १३ जना यात्रु सहित मृत्यु हुने संख्या २ हजार ८ सय ५३ जना पुगेको छ ।

आज होक्काईदोमा ११, ओसाकामा १०, खानागावामा पाँच, आईची र टोकियोमा चार÷चार, ह्योगो, ईवाते र नागानोमा दुई÷दुई, यामानासी, तोचिगी, गुन्मा, गिफु र फुकुसिमा प्रान्तमा एक÷एक गरी ४७ जनाको मृत्यु भएको छ ।

संक्रमितमध्ये २५ हजार ६ सय २९ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ भने ६ सय नौजनाको अवस्था गम्भीर रहेको छ ।

यस अवधिमा योकोहामास्थित डायमण्ड प्रिन्सेस क्रूजका यात्रु ६ सय ५९ जना सहित १ लाख ६१ हजार ४ सय ४५ जना कोरोना संक्रमित निको भएका छन् ।

राजधानी टोकियोमा ६ सय ६४ जना संक्रमित थपिए । यहाँ संक्रमित संख्या ५० हजार १ सय ५४ जना पुगेको छ । ४७ प्रान्त मध्ये सात प्रान्तमा मात्र संक्रमण शून्य रह्यो भने त्यस्तै ओसाकामा ३ सय नौ, खानागावामा २ सय ९५, आईचीमा २ सय १९, साईतामा २ सय एक, होक्काईदोमा १ सय ३९, फुकुओकामा १ सय ३९, ह्योगो १ सय २८ , चिबा १ सय ५० जना थपिए ।

बढी संक्रमित संख्या भएका प्रान्तहरू

ओसाकामा २६ हजार ४ सय ७६,खानागावामा १६ हजार २ सय ९७,आईचीमा १३ हजार ७ सय ५५, होक्काईदोमा ११ हजार ९ सय ३०, साईतामामा ११ हजार २ सय ८७,चिबामा ८ हजार ७ सय ९३ ह्योगोमा ७ हजार ९ सय ७४, फुकुओकामा ७ हजार १ सय ३५, ओकिनावामा ४ हजार ९ सय २६ र क्योतोमा ३ हजार ६ सय ३८ जना पुगेको छ ।