कांग्रेस पार्टी कार्यालयमा सर्वदलीय बैठक सुरु

-


     मर्दी न्युज    
     पुस ६ गते २०७७ मा प्रकाशित


काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको पार्टी कार्यालय सानेपामा सर्वदलीय बैठक सुरु भएको छ ।

कांग्रेस सभापति शेरबहादुर देउवाले डाकेको सर्वदलीय बैठकमा भाग लिन सत्तारूढ नेपाल कम्युनिस्ट पार्टीका कार्यकारी अध्यक्ष प्रचण्ड, वरिष्ठ नेताद्वय माधवकुमार नेपाल, झलनाथ खनाल र प्रवक्ता नारायणकाजी श्रेष्ठ प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको केन्द्रीय कार्यालय सानेपा पुगेका हुन्।

त्यस्तै जनता समाजवादीका डा. बाबुराम भट्टराई, महन्थ ठाकूर र राजेन्द्र महतो लगायत शीर्ष नेताहरू पनि उक्त बैठकमा सहभागी छन् ।

बैठकले संसद् विघटनविरुद्ध निर्णायक र कठोर कदम चाल्ने निर्णय गरिने बताइएको छ । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माका अनुसार तीन दलको संयुक्त बैठकमा ओली सरकारको असंवैधानिक कदमबारे छलफल गरेर ठोस् निर्णयमा पुग्ने जानकारी दिए।

सर्वदलीय बैठक अघि काँग्रेस नेतहरुले आन्तरिक परामर्श पनि गरेको थिए ।