जापानमा सोमबार १८०६ संक्रमित थपिए, ४८ जनाको मृत्यु

-


     मर्दी न्युज    
     पुस ५ गते २०७७ मा प्रकाशित


सन थापा,
जापान । डिसेम्बर २१
जापानमा सोमबार १ हजार ८ सय छ जना कोरोना संक्रमित थपिएका छन् । योकोहामास्थित डायमण्ड प्रिन्सेस क्रूजका ७ सय १२ जना कोरोना संक्रमितको संख्या २ लाख १ हजार ७ सय ६२ जना पुगेको छ ।

त्यसैगरी योकोहामास्थित डायमण्ड प्रिन्सेस क्रूजका १३ जना यात्रु सहित मृत्यु हुने संख्या २ हजार ९ सय ७८ जना पुगेको सञ्चार संस्था एनएचकेले जनाएको छ ।

ओसाकामा ११, होक्काईदोमा आठ, ह्योगोमा छ, आईची पाँच, खानागावामा चार, साईतामामा तीन, सिजुओका, र ओकिनावामा दुईरदुई, टोकियो, क्योतो, फुकुओका, फुकुसीमा, कुमामोतो, गुन्मा र नागानो प्रान्तमा एकरएक गरी ४८ जनाको मृत्यु भएको छ ।

संक्रमितमध्ये २६ हजार ८ सय १६ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ भने ६ सय तीन जनाको अवस्था गम्भीर रहेको छ ।

यस अवधिमा योकोहामास्थित डायमण्ड प्रिन्सेस क्रूजका यात्रु ६ सय ५९ जना सहित १ लाख ६८ हजार १ सय ७२ जना कोरोना संक्रमित निको भएका छन् ।

राजधानी टोकियोमा ३ सय ९२ जना संक्रमित थपिए । यहाँ संक्रमित संख्या ५१ हजार ४ सय ४६ जना पुगेको छ । ४७ प्रान्त मध्ये पाँच प्रान्तमा मात्र संक्रमण शून्य रह्यो भने ओसाकामा १ सय ८०, खानागावामा १ सय ८५, आईचीमा ९२ होक्काईदो १ सय १०, साईतामा र चिबामा १ सय १७ जना थपिए ।

बढी संक्रमित संख्या भएका प्रान्तहरू

ओसाकामा २७ हजार २ सय १७,खानागावामा १७ हजार ३८,आईचीमा १४ हजार २ सय ३७, होक्काईदोमा १२ हजार ३ सय सात,साईतामामा ११ हजार ७ सय ८६,चिबामा ९ हजार १ सय ५७, ह्योगोमा ८ हजार २ सय ४८,फुकुओकामा ७ हजार ४ सय ५९, ओकिनावामा ४ हजार ९ सय ८९ र क्योतोमा ३ हजार ८ सय २९ जना पुगेको छ ।