सरकारद्वारा बेलायतबाट आउनेलाई प्रवेशमा रोक

-


     मर्दी न्युज    
     पुस ६ गते २०७७ मा प्रकाशित


काठमाडौं । सरकारले बेलायतबाट आउनेलाई नेपाल प्रवेशमा रोक लगाउने निर्णय गरेको छ । मंगलवार अपरान्ह बसेको कोरोना नियन्त्रण सम्बन्धी बनेको उच्चस्तरीय निर्देशक समितिले बेलायतबाट नेपाल आउने सम्पूर्ण यात्रुलाई प्रवेशमा रोक लगाउने निर्णय गरेको हो ।

सरकारले पुस १ गतेयता नेपाल आएकाहरुले अनिवार्यरुपमा सातदिन क्वारेन्टिन बसेपछि जाँच गरेपछि मात्रै गन्तब्यमा जान पनि अनुरोध गरेको छ ।

नेपाल आउन ट्रान्जिटमा रहनेहरुले अनिवार्य १० दिन होटलमा क्वारेन्टिनमा बसी परीक्षण गरेरमात्रै गन्तव्यमा जान पनि सरकारले अनुरोध गरेको छ ।